१५ हजार माओवादी पूर्वलडाकु सहित २२ हजार युवा एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले प्रवेशका लागि १५ हजार भन्दा बढी माओवादीका पूर्वलडाकुहरु काठमाडौं आएका छन् । भक्तपुरमा आज हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व लडाकुहरुलाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको छ ।

एमाले केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले प्रवेश गर्ने पूर्वलडाकुहरुको व्यवस्थापन गर्नुभएको छ । प्रसाईंका अनुसार आज सांकेतिकरुपमा युवाहरुलाई उत्पादनसँग जोड्ने कार्यक्रम (कृषि बजार उदघाटन) कै अवसरमा पूर्वलडाकुलाई एमाले प्रवेश गराउन लागिएको हो ।

 

प्रसाईंले पूर्वी नेपालका धेरै जिल्लासहित लुम्बिनी र सुदूरपश्चिममा समेत पूर्वमाओवादीलाई एमालेमा ल्याउनुभएको छ । एमाले नेता प्रसाईं माओवादी पृष्ठभूमिकै हुनुहुन्छ । देशभरका युवाहरुलाई उत्पादनसँग जोडने र एमालेमा भित्र्याउने अभियान प्रसाईंले चलाउनु भएको छ । निर्वाचनको मुखैमा प्रसाईको पहलमा आज २२ हजार युवाहरुलाई एमालेप्रवेश गराउने प्रसाईंले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...