१० तल्लाको टावर चढेर के हेर्दैछन् एमाले अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ शंकरनगरस्थित बनबाटिकामा निर्माण गरिएको भ्यू टावरको उद्घाटन गरिएको छ। २०७४ साल चैत्र १५ गते शिलान्यास गरिएको उक्त भ्यू टावर ४ वर्षमा निर्माण सम्पन्न गरि मंगलबार उद्घाटन गरिएको हो। भ्यूटावरको नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। उनले टावरको उद्घाटन गरेपछि टेलिस्कोपबाट आसपासको दृश्वावलोकन गरेका छन ।

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा १ सय ३४ फिट उचाईमा रहेको भ्यू टावर १० तलाको रहेको छ। तिलोत्तमा नगरपालिकाले यो भ्यूटावर, भ्यूटावर मात्र नभई बहुउद्देश्यीय भवनको रुपमा निर्माण गरिएको दावी गरेको छ। तिलोत्तमा नगरपालिका र शंकरनगर बन विहारको संयुक्त लगानीमा निर्माण गरिएको भ्यूटावरमा पहिलो देखि छैठौ तलासम्म व्यवसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् भने सातौं तलादेखि मात्रै दृश्यअवलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ। साढे ११ करोड बढी लागतमा निर्माण गरिएको भ्यूटावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी व्यहोरेको छ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...