मधेशमा एमाले प्रवेशको लहर, माओवादी, कांग्रेस र लोसपामा ठुलै पहिरो



हाम्रो इकोनोमि

 

 

 

मधेश प्रदेशमा नेकपा एमालेप्रतिको आकर्षण ह्वात्तै बढेको छ । मधेसी जनता एमाले नै आफूहरुको समस्या समाधान गर्ने एम मात्र दल रहेको निश्कर्षमा पुगेपछि स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ गठबन्धनमा रहेका चर्चित जनप्रतिनिधिहरु नै एमाले रोज्न थालेका छन ।

यही क्रममा आज महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेख फारुख एमाले प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्रबाट बिजयी बन्नुभएका फारुखी मुलुक र मधेशको समृद्धिमा एमालेको बिकल्प नभएको निश्कर्षसहित आज अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमै पुगेर एमाले प्रवेश गर्नुभएको हो ।

उहाँसँगै लोसपाबाट निर्वाचित जलेश्वर नगरपालिकाकी उपमेयर मनचुन देवी, महोत्तरी जिल्ला कमिटी सदस्य बिश्वेश्वर महतो पनि एमाले प्रवेश गर्नुभएको छ । यसैगरी नेपाली कांग्रेसका चर्चित नेताहरु रामगोपालपुर नगरपालिका ४ का वडाध्यक्ष उमेश महतो, वडा नं ४ का वडाध्यक्ष जयनारायण मण्डल र लोहारपट्टी नगरपालिका ८ का वडाध्यक्ष रामबाबु यादव पनि एमाले प्रवेश गर्नुभएको छ । यस्तै माओवादी केन्द्रबाट निर्वाचित रामगोपालपुर नगरपालिका ८ का रामबिलास मण्डल आज बालकोट पुगेर एमाले प्रवेश गर्नुभएको छ ।

एमाले रोजेका सवै नेताले केपी ओली र एमालेको बिकल्प अव नरहेको तथ्य प्रमाणित भइसकेकोले समृद्धिको सपना पूरा गर्न एमाले रोजेको बताउनु भएको छ । उहाँहरुसहित सिंगो टीमलाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...