निर्वाचन आयोग र सत्ता गठबन्धनबीच सेटिङ्ग छ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाच आयोगप्रति असन्तुष्टि जनाएका छन् । आइतबार एमाले स्थायी कमिटी बैठलाई सम्बोधन गर्दै ओलीले मतपत्रको रङ बदल्ने निर्णयप्रति आपत्ति जनाउँदा जनाउँदै पनि बलमिच्याइ गरेको आरोप लगाए। ‘मत पत्रको रङ बदल्नै पर्छ,’ उनको भनाइ छ, ‘ यो विल्कुलै आपत्तिजनक कुरा हो । निर्वाचन आयोगले यस्ता क्रियाकलप गर्न मिल्दैन । हामीले आपत्ति जनाउँदा जनाउँदै बलमिच्याइ किन ?’

स्थायी कमिटीको आइतबार सुरु भएको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्रको रङ बदल्ने,उम्मेदवारी मनोनयन दुई दिन गर्ने,एमालेले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्ने जस्ता क्रियाकलापलाई एमालेले सामान्य रूपमा नलिएको समेत बताए ।

ओलीले भने– हामी निर्वाचन आयोगबाट विगतदेखि नै पीडित छौँ । मतपत्र च्यातेर हामीलाई हराउँदा पनि हाम्रो विरुद्ध फैसला आएका छन् । राष्ट्रियसभा निर्वाचनको मत परिणाम रोकेर हाम्रो सरकार गठनमा अवरोध सिर्जना गरिएका छ । अहिले मतपत्रको रङ बदल्न एमालेविरुद्ध निर्वाचन आयोगले सेटिङयुक्त काम गरिरहेको छ । दलहरूसँग छलफल नगरी यस्तो निर्णय गर्नै मिल्दैन । तर निर्वाचन आयोग अटेर ढंगले अघि बढेकोले हामीले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउने ठाउँ देखिएको छ ।

ओलीले आयोगको भूमिका एमालेकोविरुद्ध सत्ता गठबन्धनको सहयोगीका रूपमा देखिएको भन्दै यसले निष्पक्ष निर्वाचनमा आशंका पैदा भएको बताए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...