अब प्रचण्डलाई बोक्न सकिन्न : चितवन सभापति



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रलाई सहयोग नगर्ने घोषणा गर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेल हुने बताइरहनु भएको बेला चितवन कांग्रेसका सभापति खनालले अव माओवादी बोक्न नसकिने घोषणा गर्नुभएको हो ।

भरतपुरमा पत्रकारहरुसित कुरा गर्दै खनालले पार्टीले कांग्रेसबाटै मेयरको उम्मेदवार बनाउन संस्थागत सिफारिस गर्ने बताउनुभयो । ‘भरतपुरमा हामी माओवादी बोक्न सक्दैनौं, बोक्दैनौं । चितवनमा गठबन्धन चाहिँदैन, हामी एकल रुपमा जित्छौं । यसमा हामी पार्टी सभापतिलाई ‘कन्भिन्स’ गछौं,’ सभापति खनालले भन्नुभयो ।

खनालले नेपाली कांग्रेसको सोच, स्वभाव गठबन्धनमुखी नभएको बताउँदै विगतमा भएको गठबन्धन पनि प्रभावकारी नभएको बताउनु भयो । अघिल्लो चुनावमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु मेयर हुनुभएको थियो ।

‘विगतमा गरेको गठबन्धन पनि संस्थागत जस्तो देखिएन, ब्यक्तिगत जस्तो भयो । त्यसले, केही फाइदा भएन,’ खनालले भन्नुभयो, ‘कार्यकर्ता, शुभेच्छुक, अग्रज सबैसँगको छलफलमा कांग्रेस अब एक्लै निर्वाचनमा जानुपर्छ भन्ने आवाज छ ।’

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...