अब प्रचण्डलाई बोक्न सकिन्न : चितवन सभापति



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रलाई सहयोग नगर्ने घोषणा गर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेल हुने बताइरहनु भएको बेला चितवन कांग्रेसका सभापति खनालले अव माओवादी बोक्न नसकिने घोषणा गर्नुभएको हो ।

भरतपुरमा पत्रकारहरुसित कुरा गर्दै खनालले पार्टीले कांग्रेसबाटै मेयरको उम्मेदवार बनाउन संस्थागत सिफारिस गर्ने बताउनुभयो । ‘भरतपुरमा हामी माओवादी बोक्न सक्दैनौं, बोक्दैनौं । चितवनमा गठबन्धन चाहिँदैन, हामी एकल रुपमा जित्छौं । यसमा हामी पार्टी सभापतिलाई ‘कन्भिन्स’ गछौं,’ सभापति खनालले भन्नुभयो ।

खनालले नेपाली कांग्रेसको सोच, स्वभाव गठबन्धनमुखी नभएको बताउँदै विगतमा भएको गठबन्धन पनि प्रभावकारी नभएको बताउनु भयो । अघिल्लो चुनावमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु मेयर हुनुभएको थियो ।

‘विगतमा गरेको गठबन्धन पनि संस्थागत जस्तो देखिएन, ब्यक्तिगत जस्तो भयो । त्यसले, केही फाइदा भएन,’ खनालले भन्नुभयो, ‘कार्यकर्ता, शुभेच्छुक, अग्रज सबैसँगको छलफलमा कांग्रेस अब एक्लै निर्वाचनमा जानुपर्छ भन्ने आवाज छ ।’

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...