चितवनमा माओवादीलाई कांग्रेसले सहयोग गर्दैन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा आफूहरुले नेकपा माओवादीलाई भोट नदिने बताउनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफूले भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादीलाई समर्थन गर्न नहुने धारणा राखेको उहाँले पत्रकारलाई जानकारी दिनुभयो ।

भरतपुरका कांग्रेसले ७४ को स्थानीय चुनाव र त्यस लगत्तैको संसदीय चुनावमा रुखमा भोट हाल्न नपाएको भन्दै उहाँले १० वर्षसम्म रुखमा भोट हाल्न नपाउँदा चितवनमा कांग्रेस छिन्न भिन्न हुने खतरा रहेको बताउनुभयो । विगतका दुई वटा चुनावमा माओवादीलाई समर्थन गरेकाले अब माओवादीले कांग्रेसलाई समर्थन गर्नु पर्ने चिवनका कांग्रेस कार्यकर्ताको माग रहेकाले सभापतिले यो कुरा सुन्नु पर्ने गुरुङले बताउनुभयो । ‘फेरि पनि रेणु दाहाललाई भोट हाल्नु पर्ने भयो भने चितवनका जनताले भोट हाल्दैनन्,’ सानेपामा पत्रकारसित कांग्रेस केन्द्रीय सदस्य गुरुङले भन्नुभयो, ‘रेणुले हार्छिन ।’ आफू गठबन्धनको विपक्षमा नरहेको भन्दै उहाँले गठबन्धनका नाममा चितवनका कांग्रेसले फेरि पनि माओवादीलाई भोट हाल्ने वातावरण पार्टी नेतृत्वले बनाउन नहुने उहाँले बताउनुभयो ।

‘६० हजार मत भएको ठाउँमा पनि मतपत्र च्यातेर जिताउनु परेको तपाईंहरुलाई थाहा छँदै छ’, ७४ को स्थानीय चुनावको प्रशंग निकाल्दै उहाँले भन्नुभयो , ‘फेरि पनि रेणुलाई समर्थन गर्ने हो भने चितवनमा कांग्रेसले सहयोग गर्दैन’, उहाँले भन्नुभयो । विगतमा चितवनका चार क्षेत्र नै जितेको, तत्तकालीन सभापति सुशील कोइराला चितवनबाट चुनाव जितेर प्रधानमन्त्रीसमेत भएको भन्दै उहाँले सानेपामा पत्रकारसित भन्नुभयो ‘चितवनमा कांग्रेस कमजोर हैन, तर केन्द्रबाट कमजोर बनाइएको छ ।’

प्रतिक्रिया दिनुहोस
रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...