प्रधानमन्त्री देउवा चन्द्रागिरी जाँदा राज्यकोषको १० लाख स्वाह



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारबाट चन्द्रागिरिसम्म प्रयोग गरेको हेलिकप्टर खर्च १० लाख रुपैयाँ भएको छ । ३५ मिनेटमा पुग्न सकिने बाटोमा देउवाले प्रयोग गरेको नेपाली सेनाको हेलिकप्टर भाडा राज्य कोषबाट व्यहोरिने छ ।

वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा आयोजित ‘दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्न बुधबार प्रधानमन्त्री देउवा चन्द्रागिरि पुग्नुभएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छ, कार्यालय सिंहदरबारमा, जहाँबाट चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि हिल्सबीचको दूरी १० देखि १२ किलोमिटर मात्रै छ ।

यती नजिकको दुरीमा जान पनि प्रधानमन्त्री देउवाले सेनाको एनए ०५८ कलसाइनको एलएलएच (लाइट लिफ्ट हेलिकप्टर) हेलिकोप्टर प्रयोग गर्नुभएको थियो। सैनिक विमान सशुल्क कार्यविधि २०७७ अनुसार १ साउन २०७७ देखि लागू भएको शुल्कअनुसार हेलिकप्टरको भाडा शुल्क ९ लाख ४० हजार ३५ रुपैयाँ हुन आउँछ ।

सैनिक विमान सशुल्क कार्यविधि २०७७ मा एलएलएच (लाइट लिफ्ट हेलिकोप्टर) हेलिकोप्टरको भाडा दर प्रतिघण्टा २ लाख ५३ हजार ५४५ रुपैयाँ तोकिएको छ । यो भाडामा हवाई इन्धन शुल्क २६ हजार, नागरिक उड्डयन प्राधिकरण शुल्क १ हजार १००, अक्युपेशनल भत्ता ३ हजार २००, उडान भत्ता २९ हजार ५०० गरी ३ लाख १३ हजार ३४५ रुपैयाँ हुन आउँछ। प्रधानमन्त्री देउवा कार्यक्रममा जाँदा हेलिकप्टर झन्डै तीन घण्टा प्रयोग भएको थियो।

सोही अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई हेलिकप्टरको भाडा शुल्क ९ लाख ४० हजार ३५ रुपैयाँको बिल पठाइए सैनिक हवाई महानिर्देशनालय स्रोतले बतायो । सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता थियो। तीमध्ये सय जना भौतिक रूपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । यही कार्यक्रममा प्रधानमन्त्री देउवाले भने करिब तीन घण्टा लगाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...