प्रधानमन्त्री देउवा चन्द्रागिरी जाँदा राज्यकोषको १० लाख स्वाह



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारबाट चन्द्रागिरिसम्म प्रयोग गरेको हेलिकप्टर खर्च १० लाख रुपैयाँ भएको छ । ३५ मिनेटमा पुग्न सकिने बाटोमा देउवाले प्रयोग गरेको नेपाली सेनाको हेलिकप्टर भाडा राज्य कोषबाट व्यहोरिने छ ।

वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा आयोजित ‘दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्न बुधबार प्रधानमन्त्री देउवा चन्द्रागिरि पुग्नुभएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छ, कार्यालय सिंहदरबारमा, जहाँबाट चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि हिल्सबीचको दूरी १० देखि १२ किलोमिटर मात्रै छ ।

यती नजिकको दुरीमा जान पनि प्रधानमन्त्री देउवाले सेनाको एनए ०५८ कलसाइनको एलएलएच (लाइट लिफ्ट हेलिकप्टर) हेलिकोप्टर प्रयोग गर्नुभएको थियो। सैनिक विमान सशुल्क कार्यविधि २०७७ अनुसार १ साउन २०७७ देखि लागू भएको शुल्कअनुसार हेलिकप्टरको भाडा शुल्क ९ लाख ४० हजार ३५ रुपैयाँ हुन आउँछ ।

सैनिक विमान सशुल्क कार्यविधि २०७७ मा एलएलएच (लाइट लिफ्ट हेलिकोप्टर) हेलिकोप्टरको भाडा दर प्रतिघण्टा २ लाख ५३ हजार ५४५ रुपैयाँ तोकिएको छ । यो भाडामा हवाई इन्धन शुल्क २६ हजार, नागरिक उड्डयन प्राधिकरण शुल्क १ हजार १००, अक्युपेशनल भत्ता ३ हजार २००, उडान भत्ता २९ हजार ५०० गरी ३ लाख १३ हजार ३४५ रुपैयाँ हुन आउँछ। प्रधानमन्त्री देउवा कार्यक्रममा जाँदा हेलिकप्टर झन्डै तीन घण्टा प्रयोग भएको थियो।

सोही अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई हेलिकप्टरको भाडा शुल्क ९ लाख ४० हजार ३५ रुपैयाँको बिल पठाइए सैनिक हवाई महानिर्देशनालय स्रोतले बतायो । सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता थियो। तीमध्ये सय जना भौतिक रूपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । यही कार्यक्रममा प्रधानमन्त्री देउवाले भने करिब तीन घण्टा लगाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...