सोलुमा माओवादी रित्तियो, सयौ कार्यक्रता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्र सोलुखुम्बुका प्रभावशाली युवानेता भुपाल सिं राई नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । राजधानीको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय समिति बैठक स्थलमा आयोजित बिशेष कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुले राईसहित सोलुखुम्बुका ६४ जना कार्यकर्तालाई नेकपा एमालेमा प्रवेश गराउनुभएको हो ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका सदस्य समेत रहेका राई थुलुङ दुधकोशी गाउँपालिका वडा नं ९ बाट निर्बाचित वडाध्यक्ष समेत हुनुहुन्छ।उहाँसँगै सोही वडाबाट वडा सदस्यमा निर्बाचित सोमकुमार तामाङ र रेणुका रसाइली पनि माओवादी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।उहाँहरू दुबै जना माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य हुन।सोही कार्यक्रममा अर्का जिल्ला समन्वय सदस्य खुम्बुधन राई पनि एमाले प्रवेश गर्नुभएको छ । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा माओवादी केन्द्र सोलुखुम्बुका संयोजक असिम राईको दाहिने हात मानिने गाउँपालिका प्रबक्ता एमाले प्रवेश गरेपछि माओवादी सोलुखुम्बुमा तरंग उत्पन्न भएको छ।

अध्यक्ष राईले आफुसंग निकट भएकै कारण वडा नं ४ बाट निर्बाचित वडाध्यक्ष फुर्तीमान तामाङलाई हटाएर २ बर्ष अघि भुपाल सिंलाई गाउँपालिका प्रबक्ता नियुक्त गर्नुभएको थियो ।आफुसंगै अरु धेरै कार्यकर्ताहरु माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गर्ने तयारीमा रहेको राईको भनाइ छ। माओवादी केन्द्रभित्र ब्यक्तिबादी राजनीति हावी हुँदै गएको राइको प्रतिक्रिया छ। एमसीसीको बिषयमा भित्रभित्रै सहमति गर्ने र बाहिर बिरोधमा कार्यकर्ता उफार्ने द्वैध चरित्र नेतृत्वले प्रदर्शन गरेका कारण माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गर्नुपरेको बताउंदै राइले राजनीतिक भविष्य सुरक्षित गर्ने हो भने माओवादी कार्यकर्ताहरुले अब एमालेमा प्रवेश गर्नुको विकल्प नरहेको बताउनुभयो । बिहिवार एमाले प्रवेश गर्नेहरुमा गाउँपालिका पार्टी कमिटी सदस्य तथा तत्कालीन जनयुद्धका कमान्डर पासाङ तामाङ,गाउँ पार्टी कमिटी सदस्य भाईकाजी तामाङ,छिरिङ तेन्जिङ शेर्पा एबम पर्यटन ब्यबसायी केदारकाजी राई लगायत छन् ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...