छुट्टाछुट्टै कोठामा रात बसेको हो : पल शाह



हाम्रो इकोनोमि

 

 

बलात्कार मुद्दा खेपिरहेका अभिनेता पल शाहले पीडित किशोरीसँग चिनजान भएपछि कुराकानी हुने गरेको र व्यवसायिक कामका सिलसिलामा भेट भइरहने गरेको बयान दिएका छन् ।

उनले भने, ‘काठमाडौं साँखुमा भेट, चिनजान भई फोन नम्बर आदान प्रदान गरी हामीहरूबीच फोन तथा सामाजिक सञ्जाल म्यासेन्जरमा कुरा हुने र म्युजिक भिडियो सुटिङ गर्ने क्रममा हामीहरू विभिन्न स्थानमा गई बस्ने गरेका थियौं’, पलको बयानमा यसो भनिएको छ । २०७८ वैशाख १४ गते तनहुँको दुलेगौंडास्थित प्रदिप थापाको घरको छुट्टाछुट्टै कोठामा रात बसेको उनले बताएका छन् ।

राति अबेरसम्म बियर खाँदै पीडित र आफूबीच म्यासेज आदान प्रदान भएको उनको भनाइ छ । सोही क्रममा राति पौने १२ बजेतिर बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गई उनलाई बियर खान दिएर फर्किएको उनको भनाइ छ ।

त्यसपछि फेसवास लिएर आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको उनले बयान दिएका छन् । तर, पीडित नाबालिकाले २०७८ सालको जेष्ठ महिनाको अन्तिमतिर आफूलाई फोन गरी महिनावारी रोकिएको बताएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...