एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू, के भने अध्यक्ष ओलीले



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांकेटमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा मतपेटिकालाई आफ्नो आँखाबाट ओझेल हुन नदिने बताएका छन । बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरूको आँखाअगाडि जतिबेलै मतपेटिका हुनुपर्ने बताएका हुन् ।

उनले ०७४ सालको निर्वाचनमा भरतपुर महानगरपालिकामा भएको जस्तो हुनसक्ने भन्दै सजग रहन आग्रह गरे । उनले भनेका छन, ‘यसपल्ट हामी मतपेपटिका आँखाबाट ओझेल हुन दिन्नौँ । हाम्रो आँखा अगाडि मतपेटिका हुनुपर्छ ।

हाम्रो आँखा अघि मत हालिनुपर्छ । हाम्रो आँखा अगाडि मत गनिनुपर्छ । यदी विश्वास भएको भए यी सबै कुराहरू गर्नै पर्दैनथ्यो । गोप्य मतदान किन? यो विश्वास नभएर हो त?’ ओलीले नेकपा एमाले देशभित्र मात्र होइन देशबाहिर पनि स्पष्ट विचार, दृष्टिकोण, सुदृढ अडान र देशप्रति समर्पित पार्टी भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...