एमाले प्यूठानको एक महिने अभियान नौबहिनी पुगेर समापन



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले प्यूठानले सुरु गरेको निर्वाचन अभिमुखिकरण तथा प्रशिक्षण अभियान जिल्लाको नौबहिनी गाउपालिकाको केन्द्र बाहनेमा पुगेर सम्पन्न भएको छ । फागुन १६ गते सरुमारानीबाट सुरु भएको एक महिने लामो उक्त अभियान शनिबार सम्पन्न भएको एमालेले जनाएको छ ।

जिल्लाका नौ वटै गाउँर नगर पालिकाहरूमा पार्टी सदस्यस्तरमा प्रशिक्षण गरी सफलताका साथ अभियान सम्पन्न गरिएको पार्टी अध्यक्ष विजय विराज विष्टले जानकारी दिनुभयो । उहाँले पार्टीको पछिल्लो गतिविधिले पार्टी संगठन टोल कमिटी तहसम्म परिचालन र क्रियाशिल भएको बताउनुभयो। उहाँले अभियानका क्रममा ठूलो उपलब्धि हासिल गरिएको छ, भन्नुभयो।

यस अवधिमा महिला, दलित, मुस्लिम, स्वास्थ्यकर्मी, निजामती कर्मचारी, सम्पर्क मञ्च, शिक्षक, भूमिहीन सुकुम्बासी, खेलाडी, बुद्धिजीवी, अपांग, कानुन व्यवसायी, भूतपूर्व सैनिक तथा प्रहरी र प्रेस चौतारी लगायत १४ वटा जनसंगठनका जिल्लास्तरीय अधिवेशन आयोजना गरी नयाँ नेतृत्व चयन गरिएको छ। त्यस्तै, अनेरास्ववियु विद्यालय, उच्च मावि र क्याम्पसहरूमा पुग्ने अभियानमा सक्रिय भएको छ भने युवाहरू पालिका र वडा तहमा संगठित र सक्रिय बनिरहेका छन।
उक्त अभियानमा ४२ सय नेता(कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा ९एमाले० मा प्रवेश गरेको समेत एमालेले दाबी गरेको छ । त्यसमध्ये राष्ट्रिय जनमोर्चाका ३१ सय जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको सो पार्टीले जनाएको छ। एमाले प्रवेशको यो लहरले प्युठान जिल्लामा राजनीतिक शक्तिसन्तुलनको वर्तमान र भावी राजनीतिक परिदृश्य छर्लङ्ग गरेको एमाले पोलिट्ब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले बताउनुभयो।

अभियानका शिलसिलामा एमाले पोलिटव्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा,केन्द्रिय सदस्य एवं प्यूठान सहइन्चार्ज हरिप्रसाद रिजाल,पार्टी अध्यक्ष विजयिराज विष्ट र पूर्व अध्यक्ष तुल्सीराम शर्मा सहितका नेताहरु गाउँगाउँ पुग्नुभएको थियो ।
अभियानका क्रममा ५ हजार पार्टी सदस्य, ४ हजार २ सय नवप्रवेशी र प्रदेश कमिटी सदस्यदेखि टोल कमिटी सदस्यसम्म समेत १० हजार जनालाई निर्वाचन केन्द्रित अभिमुखीकरण गरिएको छ। नव प्रवेशीहरूमा सबैभन्दा बढी राष्ट्रिय जनमोर्चाबाट ३ हजार १ सय जना रहेको नेकपा एमाले प्युठानले चैत छ गते गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस
रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...