माओवादीको सिंगो जिल्ला पार्टी कमिटी नै एमालेमा बिलय



हाम्रो इकोनोमि

 

 

बागलुङमा नेकपा माओवादी केन्द्रको सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेश गरेको छ । जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाको नेकपा माओवादी केन्द्रको वार्ड कमिटी नै विहिवार नेकपा एमालेमा समाहित भएको हो ।

धम्जामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्र काठेखोला-३ वार्ड कमिटीका अध्यक्ष देवेन्द्र खत्रीले नेकपा एमाले काठेखोला-३ का इन्चार्ज खुम वहादुर भण्डारीलाई पार्टीको वार्ड कमिटीको माइन्युट हस्तान्तरण गरी पुरै कमिटी एमालेमा समाहित भएको घोषणा गरे ।

नेकपा माओवादी केन्द्रले जनताको भावना विपरित कार्य अगाडि बढाएको भन्दै आफुसहित सिंगो वार्ड कमिटी नै एमालेमा समाहित भएको खड्काले वताए ।

एमालेका जिल्ला सचिवालय सदस्य एवं धम्जा इन्चार्ज भण्डारीले एमालेमा समाहित सवैलाई पार्टीले न्यायपूर्ण जिम्मेवारी दिने वताए । उनले धम्जामा नेकपा एमालेप्रति प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको जानकारी दिए ।

सोही अवसरमा नेकपा माओवादी केन्द्र काठेखोला गाउँ कमिटीका उपाध्यक्ष विष्णु खड्का सहितका नेता तथा कार्यकर्ताहरुलाई एमालेका जिल्ला अध्यक्ष हिरावहादुर केसी, गण्डकी प्रदेश कमिटी सदस्य डिल्लीराज गौतम, जिल्ला सदस्य अमर थापा, गाउँ पार्टी कमिटीका अध्यक्ष डिलवहादुर कार्की लगायतका नेताहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...