एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्छ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो स्थानीय तह चुनावमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।

आज मङ्गलवार काठमाण्डौमा आयोजित अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह चुनावमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गर्नुभएको हो ।

अध्यक्ष ओलीले चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यसको वैशाखी टेक्नुपर्छ, यो ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिड्न सक्छौँ भन्ने होइन । हामी हिँड्न सक्छौँ । हामी ६० देखि ७० प्रतिशत स्थानीय तहमा चुनाव जित्न सक्छौँ । सिटको हिसाबले, पालिकाको हिसाबले, अनेक हिसाबले पनि ६० देखि ७० प्रतिशत हामी एक्लै जित्न सक्छौँ । त्यसअनुसारको तयारी गरौँ । यति जित्नका लागि सबै हामीले मिलाउन सक्यौँ भने त सर्वसम्मत हुन्छ होइन र ? हामीले रोजेको प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हो । प्रतिस्पर्धा त हामीले रोजेको हो । केही–केही ठाउँमा त हामी हार्न पनि तयार हुनुपर्छ ।हाम्रो भनाइ कति मात्रै हो भने प्रतिस्पर्धा स्वस्थ गरौँ । राजनीतिको प्रतिस्पर्धाको निर्णायक थलो जनताको अभिमत हो ।’

अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्तिबीचको दुई ध्रुवमा रहेको बताउनुभयो । उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो । आफूहरू भने जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको उहाँले जिकिर गर्नुभयो । अध्यक्ष ओलीले एमालेबाट फुटेर जानेहरू पतित भएको संज्ञा दिनुभयो ।

अध्यक्ष ओलीले स्थानीय तहको चुनाव अगाडि अखिल नेपाल महिला सङ्घको सदस्य सङ्ख्या १० लाख जना पुर्‍याउनुपर्ने बताउनुभयो । पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्दै गाउँ र टोल कमिटीसम्म सङ्गठन विस्तार गर्न उहाँले निर्देशन दिनुभयो । उहाँले नेकपा एमालेमा पार्टी प्रवेशको लहर चलेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...