बूढानिलकण्ठमा पुर्वाधार निर्माणमा ७०% भन्दा बढी काम सम्पन्न – नगर प्रमुख खरेल



हाम्रो इकोनोमि

 

 

 

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख एबम नेकपा एमाले बागमती प्रदेश सदस्य उद्दव प्रसाद खरेलले गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ल्याएको घोषणापत्र बमोजिम काम गर्न सफल भएको बताएका छन् । राश्ट्रपाटी न्युज संग बिशेष कुराकानी गर्दै उनले बिकास तथा पुर्वाधार निर्माणको क्षेत्रमा ऐतिहासिक काम भएको दावी गरेका हुन् ।  ´अन्य क्षेत्रमा पनि धेरै काम शुरु भएका छन् ,तर पुर्वाधार निर्माणमा ऐतिहासिक सफलता प्राप्त भएको छ´ उनले भने।   नगरपालिका भित्रका कुना कुनामा जनताले बिकासको अनुभव गर्न पाएको भन्दै उनले घोषणापत्रमा उल्लेख्य भएको मध्य पुर्वाधार निर्माणमा  झन्डै ७०%  भन्दा बढी काम सम्पन्न भएको जानकारी दिएका छन् ।

यसैबीच मेयर खरेलले नेपाली काङ्ग्रेस लगायत प्रतिपक्ष दलहरू प्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।उनले अरुलाइ आलोचना गर्न  र ज्ञापन पत्र बुझाउन सजिलो हुने भन्दै मेयरको कुर्सीमा बसेर काम गर्न सहज नभएको बताएका छन् । नगरपालिकामा आउन र गाली गर्न सजिलो भएपनि  सबैलाई व्यवस्थापन गर्न अत्यन्त कठिन भएको उनको भनाइ छ।  आफूलाई केहि व्याक्ती र पार्टीले निरन्तर आलोचना र गाली गर्ने गरेको बताउँदै उनले जनताको मतबाट निर्बाचित भएर आउन र काम गरेर देखाउन चुनौती समेत दिएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा समेत खरेल एमालेको तर्फबाट नगर प्रमुखको उम्मेदवार बन्ने करिब निश्चित नै छ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...