स्थानीय चुनावमा एक लाख म्यादी प्रहरी भर्ना गरिने



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख संख्यामा म्यादी प्रहरीको आवेदन चैत पहिलो सातामा माग्ने गरी काम भइरहेको छ । अहिले सम्बन्धित जिल्लाका मतदान केन्द्र कति छन्, तिनीहरूको विवरण लेखाजोखा भइरहेको छ।

कुन जिल्लामा कति मतदान केन्द्र छन्, त्यहीअनुसार सम्बन्धित जिल्लाहरूले म्यादी प्रहरी भर्ना लिन्छन्,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले भने।

स्थानीय चुनावका लागि म्यादी ४० दिनका लागि भर्ना गरिने छ। म्यादी प्रहरीका लागि ४ अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृति दिएको केसीले बताए। ४० दिन भर्ना हुने म्यादी प्रहरीले तलब-भत्ता-राशन सबै जोडेर ४३ हजार पाउँछन् ।

म्यादी प्रहरीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएर मेडिकल पास गरेका मानिसहरू पहिलो प्राथमिकतामा छन्। दोस्रो, प्राथमिकतामा पूर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छोडेका पर्छन् । तेस्रो, प्राथमिकतामा विदेशी सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका वा जागिर छोडेर आएका पर्छन् ।

चौथो, प्राथमिकतामा सुरक्षा निकायमा भर्ना हुनका लागि न्यूनतम् मापदण्ड पूरा हुन सक्ने व्यक्तिहरू पर्छन्। ‘४० दिनपछि उनीहरू बिदा हुन्छन्, अर्को चुनावको लागि फेरि म्यादी प्रहरीको भर्ना खुलाइने छ,’ केसीले भने।

यसपालिको चुनावमा सुरक्षा निकायले सवारीसाधन खरिदका लागि बजेट माग गरेको भए पनि त्यो स्वीकृत भइसकेको छैन। आवश्यकताअनुसार अर्थ मन्त्रालयसँग समन्वय गरी खरिद अघि बढाइने प्रवक्ता केसीले बताए।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...