मेयरसहित ५ हजार नेता कार्यकता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाको मेयर दीलिपकुमार अग्रवाल आज एमाले प्रवेश गर्दै हुनुहुन्छ । मेयर अग्रवाललाई एमालेमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदै हुनुहुन्छ । अग्रवालसँगै हजारौँ नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लागेको मोरङ एमालेले जनाएको छ । एमाले प्रवेश गर्न लागेपछि हिजो माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो ।

माओवादीले उहाँलाई पार्टीबाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।तत्कालीन नेकपा विभाजनसँगै अग्रवाल केपी ओली पक्षसँग नजिकिनु भएको थियो । रंगेलीको मेयर निर्वाचित हुनुअघि अग्रवाल राजनीतिमा सक्रिय हुनुभएको थिएन ।

मोरङमा पछिल्लो समय एमाले प्रबेश गर्नेको लहर नै चलेको छ ।एमाले मोरङले जिल्लाका सबै वडाका टोल टोलमा पार्टी कमिटी गठन गर्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...