गण्डकी प्रदेशमा रित्तियो जसपा, ४ सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित करिब ४ सय नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपाका ९ केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यहरु गरी ४ सयजना आज एमालेमा प्रवेश गरेका हुन् । पोखरामा आयोजित एक विशेष कार्यक्रममा उनीहरुलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउनु भएको छ ।

सुवेदी र नेपालीसहित संविधान सभा सदस्य कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, पार्टीको केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की तथा पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा, पर्वतका जिल्ला अध्यक्ष नवीन पुन एमालेमा प्रवेश गर्नुभएको छ ।

उक्त पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथीमा एमाले अध्यक्ष केपी शर्मा ओली, अतिथिहरुमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल,स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायत केन्द्रिय नेताहरुको बाक्लो उपस्थिति थियो। उक्त कार्यक्रम र अन्य अरु कार्यक्रममा भाग लिन अध्यक्ष ओली हिजै पोखरा पुग्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...