गण्डकी प्रदेशमा रित्तियो जसपा, ४ सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित करिब ४ सय नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपाका ९ केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यहरु गरी ४ सयजना आज एमालेमा प्रवेश गरेका हुन् । पोखरामा आयोजित एक विशेष कार्यक्रममा उनीहरुलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउनु भएको छ ।

सुवेदी र नेपालीसहित संविधान सभा सदस्य कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, पार्टीको केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की तथा पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा, पर्वतका जिल्ला अध्यक्ष नवीन पुन एमालेमा प्रवेश गर्नुभएको छ ।

उक्त पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथीमा एमाले अध्यक्ष केपी शर्मा ओली, अतिथिहरुमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल,स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायत केन्द्रिय नेताहरुको बाक्लो उपस्थिति थियो। उक्त कार्यक्रम र अन्य अरु कार्यक्रममा भाग लिन अध्यक्ष ओली हिजै पोखरा पुग्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...