अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महंगो



हाम्रो इकोनोमि

 

 

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो हुँदै गएको छ। यसले डलरको तुलनामा नेपाली मुद्रा कमजोर भइरहेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि लागि एक अमेरिकी डलर बराबर १ सय २३ रूपैयाँ ४४ पैसा तोकेको छ। राष्ट्र बैंकले तोकेको यो विनिमय दरका आधारमा वाणिज्य बैंकहरूले केही पैसा घटबढ गरेर कारोबार गर्दै आएका छन्।  अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकरण भट्ट बताउँछन्।

डलर महँगो हुँदा आयातित सामानको मूल्य बढ्छ। यसले स्थानीय बजारमा उपभोग्य वस्तुहरूको मूल्य बढ्नेछ। उपभोक्ताले आफ्नो दैनिक उपभोग्य सामान किन्न पहिलेभन्दा बढी खर्च गर्नुपर्नेछ।

यो अवस्थामा वैदेशिक रोजगारमा गएका कामदारहरूबाट प्राप्त हुने रेमिटेन्स आम्दानी भने बढ्नेछ। निर्यात व्यापारबाट हुने आम्दानी पनि वृद्धि हुनेछ। तर निर्यातभन्दा आयातको परिमाण उच्च भएकाले अर्थतन्त्रमा नकारात्मक असर पर्ने अर्थशास्त्रीहरू बताउँछन्।

‘हाम्रोमा आयातको दाँजोमा निर्यात एकदमै कम छ। डलर महँगो हुनुले झट्ट हेर्दा निर्यात व्यापारलाई फाइदा देखिए पनि आयात महँगो हुँदा पेट्रोलियम पदार्थदेखि खाने तेल, खाद्यान्न लगायत सबै किसिमका उपभोग्य वस्तुहरूको मूल्य बढ्छ,’ अर्थशास्त्री विशाल चालिसेले सेतोपाटीसँग भने, ‘त्यसैले डलर महँगो हुनु उपभोक्तालाई घातक कुरा हो।’

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...