प्रचण्डको छोरी-ज्वाइँ केन्द्रीय कमिटीबाट आउट



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७८ फागुन २२ गतेकाे केन्द्रीय कमिटीको बैठकमा ९७ जना केन्द्रीय सदस्य मनोनित गर्ने भनेर सूची प्रस्तुत गरे । राष्ट्रिय सभागृहमा भेलामा भएका केन्द्रीय सदस्यहरुको बैठकमा प्रचण्डले ती ९७ जनाको सूचीमा दुईजनाको नाम देख्दा भने अबै आश्र्चर्यचकित भएका थिए । ती दुईजनामा अरु कोही नभएर प्रचण्डकै कान्छी छोरी ज्वाइँ थिए ।

प्रचण्डको सचिवालयमा काम गर्ने छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको नाम केन्द्रीय सदस्यको रुपमा ९७ जनाभित्र अटाएर प्रचण्डले बैठकमा पेश गरे । व्यवसायसँगै राजनीतिमा रहेका ज्वाइँ आचार्यको हकमा एकहदसम्म केन्द्रीय सदस्यको भूमिकामा ल्याउँदा हुक( पञ्चायती गाउँ फर्के शैली)गरेर ल्याएको सम्म भन्न सकिन्थ्यो ।

राजा, महाराजा, जंगे शासनमा झै श्री ३ महाराजाकै प्रवृत्ति अपनाएर पारिवारिक  नातासम्बन्धकै कारण डोजरले तानेर ल्याईयो भन्ने आराेप लागेसँगै छोरी गंगा दाहालको हकमा भने त्यति पनि भन्न सकिने राजनीतिक पृष्ठभूमि र अवस्था थिएन । राजनीतिमा खासै सक्रिय नभएकी प्रचण्डको सचिवालयमा बसेर आउनेजाने पाहुनाको समय व्यवस्थापन गर्ने जिम्मा बाहेक गंगाको हकमा कुनै  पनि याेगदान थिएन ।

त्यस्तो व्यक्तिलाई प्रचण्डले परिवारको सदस्य भएकै कारण केन्द्रीय सदस्यमा प्रस्ताव गर्न मिल्थ्यो कि मिल्दैन थियो भन्ने माओवादीभित्र प्रश्न उठेको थियो । त्यही प्रश्नको कारण २०७८ फागुन २२ गते आइतवारको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले पेश गरेका ९७ जनाको सूची बैठकले अनुमोदन गरेन । ती ९७ जनामध्ये ५० जनाको नाममात्रै केन्द्रीय कमिटीले अनुमोदन गर्यो ।   ती ५० जनाभित्र प्रचण्डका छोरीज्वाइँको नाम परेन ।

संभवतः पहिलोपटक प्रचण्डले ल्याएको प्रस्तावका यतिधेरै नाम काटिए। प्रचण्डले आफ्नो परिवारका सदस्य भएकै कारण राजनीतिमा अनावश्यक लिफ्ट दिने क्रममा ब्रेक भने  याे पटककाे केन्द्रीय कमिटीको बैठकबाट लागेको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...