सरकार चुनावबाट भाग्न खोज्यो : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विभिन्न बहाना देखाएर अहिलेको सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले गठबन्धन गरेर आए पनि एमाले कोहीसँग नडराउने बताए । नेपालमा अस्थिरताको कारण धेरै राजनीति दल भएको बताउँदै अब २ राजनीतिक शक्तिलाई अघि बढाउनुपर्ने बताए ।

धेरै दल हुँदा बाहिरी चलखेल र अस्थिरता बढेको उनले बताए । ‘अब चुनावमार्फत जनताले २ दललाई रोज्नुपर्छ,’ उनले भने ।

एमाले निर्वाचनको पक्षमा रहेको बताउँदै उनले सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको बताए । अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधि सभाको निर्वाचनको कुरा गरिएको बताउँदै उनले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...