माओवादीमा बिवाद, एमालेमा प्रवेश गर्दै लीलामणि र नारायणकाजी



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्रको विवाद संसदबाट एमसीसी पारित भएसँगै विभाजनको खतरासम्म पुगेको छ । नेता नारायणकाजी श्रेष्ठले पार्टी विभाजन गरेर नै जान सक्ने खतरा माओवादीमा चर्चाको विषय बन्न थालेको छ । उता नेता लीलामणि पोखरेलले पनि माओवादी छाडने संकेत देखाएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीले माओवादी केन्द्रका एक केन्द्रीय नेताको घरमा झगडाको बीउ बनेको छ । जसले गर्दा श्रीमान् श्रीमती नै आ–आफ्नो बाटोमा लाग्नुपर्ने हो कि भन्ने अवस्था आएको छ । पोखरेल र श्रेष्ठ दुवै एकता केन्द्रबाट माओवादीमा आउनुभएको हो । दुवै पार्टीको वरिष्ठ नेता हुनुहुन्छ। पोखरेल केन्द्रीय कमिटीमा हुनुहुन्छ भने श्रेष्ठ अहिले सरकारमा हुनुहुन्छ । नेता पोखरेल र नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेश गर्ने चर्चा चल्न थालेको छ ।

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक पदाधिकारी चयन नै नगरी टुंगिने भएको छ । बैठकका ६ वटा एजण्डामध्ये महत्वपूर्ण एजेण्डामा पदाधिकारी चयन थियो । माओवादीले सांगठानिक एजेण्डाअन्तर्गत केन्द्रीय सदस्य थप र पोलिटब्यूरो, स्थायी कमिटी साथै पदाधिकारी चयनको एजेण्डा राखेको थियो । तर, पटकपटक सर्दै आएर शुक्रबारदेखि बसेको यो बैठकमा पनि पदाधिकारी चयन टरेको छ ।

पार्टी स्थानीय चुनावमा केन्द्रित हुनुपर्ने भएकोले पदाधिकारी चयनलगायतका विषय थाती राख्ने नेता देव गुरुङले जानकारी दिए । ‘अब हामी चुनावी अभियानमा लाग्नुपर्नेछ । चुनावपछि नै बस्नै बैठकले पदाधिकारी टुंग्याउँनेछ’, गुरुङले भने । एमसीसीमाथिको छलफल पनि त्यतिबेलै गराउने पक्षमा अध्यक्ष प्रचण्ड पुगेको बताइएको छ । एमसीसी र पदाधिकारी चयनले पार्टीमा अन्तरसंघर्ष बढाउने आँकलन गर्दै माओवादीले तत्कालका लागि यो विषय टार्न खोजेको हो ।

पार्टीका एक नेताका अनुसार महासचिव छनौटमा ‘सकस’ पर्ने देखिएपछि पदाधिकारी चयन अहिले नहुने भएको छ । माओवादीमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र देव गुरुङले महासचिवका लागि दाबी गरिरहेका छन् । तीमध्ये वर्षमान र जनार्दनलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

चुनावको मुखमा एमसीसीमा असन्तुष्ट नेताहरू र पदाधिकारीका आकांक्षीको रस्साकस्सीले पार्टी एकता धरापमा पर्न सक्ने बुझेर प्रचण्डले मध्यमार्गी प्रस्ताव ल्याउन खोजेको नेताहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...