सिंगो गााउँपालिका कमिटी नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

प्युठानको एकीकृत समाजवादीको सिंगो पालिका कमिटी नै नेकपा एमालेमा समाहित भएको छ । माधव नेपालको भ्रममा परेर सोपार्टीमा लागेको भन्दै जिल्लाको सरुमारानी गााउँपालिका कमिटी एमालेमा समाहित भएको हो ।

कार्यक्रममा सिंगो पालिका कमिटीसहित नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १५३ जना नेकपा एमालेमा समाहित हुनुभएको हो । हलुवाईसंगै पार्टीका जिल्ला सदस्य युवा बिद्यार्थीका नेताहरु एमालेमा प्रबेश गरेको स्थानीय पत्रकार सलिम अन्सारीले जानकारी दिनुभयो ।

उहाँहरूलाई एमाले पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य हरि रिजाल, प्रदेश सदस्य धनबहादुर रायमाझी, जिल्ला अध्यक्ष विराज विष्टले एमालेमा स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...