माले, मण्डले र मसालेहरूबाट देश चल्दैन : महामन्त्री थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशी अनुदान स्वीकार गर्दा मागेर देश चलाएको भन्नेहरूका छोराछोरी पहिले नै अमेरिकालगायत देश गइसकेको टिप्पणी गरेका छन्। गत आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित हुँदा थापाले रोष्टममा उभिएर अमेरिका, चीन, भारतलगायत जुन देशले अनुदान दिए पनि लिएर देश विकास गरिने अभिव्यक्ति दिएका थिए।

थापाको उक्त अभिव्यक्तिपछि अरू देशबाट मागेर नेपाल चलाउने? भन्दै आलोचना भएको थियो। त्यसतर्फ संकेत गर्दै कास्कीमा आज कांग्रेसले आयोजना गरेको कार्यक्रममा थापाले भने, ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अस्ति नै अमेरिका गइसकेका छन्।’ महामन्त्री थापाले माले, मण्डले र मसालेहरू एकै प्रवृत्तिको भएको आरोप लगाउँदै उनीहरूले उत्तेजनाको राजनीति गरिरहेको पनि बताएका थिए।

‘मुठ्ठी कस्दै एउटा मण्डले आएर गफ दिन्छ- मागेर देश चल्छ? मागेर अस्पताल बनाउने….?,’ थापाले भने, ‘गिरिजाबाबुले माले, मण्डले र मसाले एकै हुन् त्यसै भनेको होइन। उनीहरू उत्तेजनाको राजनीति गर्छन्।’ कांग्रेसका नेताहरूको खुबी कसैलाई कुनै विषयमा उचाल्ने भन्दा पनि सबैलाई मिलाएर लैजाने भएको थापाको भनाइ थियो। कुनै पार्टीसँग तालमेल भए पनि अरूभन्दा कांग्रेस फरक भएको उनको जिकीर थियो।

‘कहिले माओवादी त कहिले एमालेसँग तालमेल होला तर हामी अरू पार्टीभन्दा फरक हौं भन्ने कुरा जनतालाई भन्नुपर्दछ,’ उनले भने, ‘हामीले पार्टीका पक्षमा मत बढाएनौं भने कहिले कसैसँग त कहिले कसैसँग मिल्नुपर्छ । नौजवानका बीचमा गएर कांग्रेसले पार्टीका पक्षमा भोट बढाउनुपर्छ।’ जनताले पनि चेतनाको राजनीति गर्नेलाई चुनावमा छान्नुपर्ने थापाले बताए। ‘चेतनाको राजनीति गर्नेलाई छान्ने कि उत्तेजनाको राजनीति गर्नेलाई? जनताले चुनावमा टुंगो लगाउनुपर्छ,’ उनले भने, ‘समन्वयकारी कि ध्वंशकारी कसलाई छान्ने भन्ने प्रश्न जनताका बीचमा लिएर जानुपर्छ।’

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...