नेपाल बैंकमा ३०३ जनालाई जागिर खुल्यो



हाम्रो इकोनोमि

 

 

नेपालको सबैभन्दा पहिलो बैंक नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो ।

आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ । त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ ।

बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी)मा ४ जना मागेको हो । सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र (मानविकी)मा न्यूनतम स्नाकोत्तर हुनुपर्नेछ भने सिएका लागि सिए/एसीसीए उत्तीर्ण हुनुपर्नेछ । त्यस्तै, आइटी दरखास्त दिन सूचना प्रविधिमा बीसीए/बीसीआइकम/बीआइटी/बीआइएम/बीएस्सी हुनुपर्नेछ ।

बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ । १४८ जना सहायक मागेको बैंकले प्रदेश १ र मधेसमा ३१÷३१ जनाका लागि कोटा छुट्याएको छ । बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २÷२ जना सहायक मागेको छ । यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ ।

सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ । बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ । जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ ।

यसका लागि व्यवस्थापनमा प्रमाणपत्र/प्लस टु उत्तीर्ण हुनुपर्नेछ । योग्यता पुगेका उम्मेदवारले १० चैतसम्म अनलाइनबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यसरी दिनुस् आवेदनः

https://jobs.nepalbank.com.np/recruitment/vacancies

प्रतिक्रिया दिनुहोस
सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...

सर्वोच्चद्वारा सरकारको एकद्वार विज्ञापन नीति खारेज

    सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च...

शाही निरंकुशतासँग नझुकेको प्रेस दुई-चारवटा गाडी तेर्स्याएर तर्सिन्छ : रास्वपा सचेतक

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसमाथि आक्रमण...

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन : निश्कल राई

    नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)...