प्रचण्ड त बिदेसी दलाल नै रहेछन : नारायणकाजी



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आफूहरुले नेता मानेको मान्छे पुष्पकमल दाहाल प्रचण्ड नैबिदेसीको दलाल बनेको र प्रचण्डकै कारण राष्ट्रघाती एमसीसी पास भएको खुलासा गर्नुभएको छ । आफूलाई भेटन निवासमै आइपुग्नुभएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवसँगको छलफलमा श्रेष्ठले यस्तो खुलासा गर्नुभएको हो ।

सत्तारूढ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव चन्दबीच आज विहान बिहान भेटवार्ता भएको हो । भेटमा श्रेष्ठले बिदेसीको दलाल बनेर प्रचण्डले नै महाधिवेशनको निर्णयबिरुद्ध राष्ट्रघाती एमसीसी पारित गराएको खुलासा गर्दै यस्तो अपराधमा कुनै संझौता गर्न आफूले नसक्ने बताउनु भएको छ ।

प्रतिनिधि सभाबाट अमेरिकी सहायता सम्झौता अनुमोदनमा आफ्नो पार्टी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग निकै असन्तुष्ट हुनुहुन्छ । यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै चित्त नबुझे पार्टी छाड्न भनेपछि उहाँ निकै गम्भीर बन्नुभएको छ । प्रचण्डसँग दुरी निकै बढेको बेला विप्लव पार्टी एकता गर्ने प्रस्ताव लिएर श्रेष्ठकहाँ पुगेको स्रोतले जनाएको छ। श्रेष्ठले पूर्वएकता केन्द्र ब्युँताउने तयारी गरिरहेका बेला विप्लवले उनीसँग भेटवार्ता गर्नुभएको हो ।

सुरुमा एमसीसी संशोधन र परिमार्जन नगरी संसदबाट अनुमोदन गर्न नहुने अडान लिइरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धन जोगाउन र मुलुकलाई पुनः प्रतिगनतिर जानबाट रोक्न भन्दै ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्न सहमत भएका हुन्। सोही सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सहकार्यका लागि एमालेसँग जारी वार्ता रोके भने गत आइतबार प्रतिनिधि सभाबाट एमसीसी बहुमतले पारित गराए।

विप्लव नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले एमसीसी खारेज गरिनुपर्ने माग राखेर संयुक्त रूपमा सडक आन्दोलनदेखि नेपाल बन्दसम्मका कार्यक्रम गरिरहेका छन्। एमसीसी अनुमोदन गरिएपछि विप्लवले पनि प्रचण्डको आलोचना गरिरहेका छन्। बिप्लवसँगको भेटमा प्रचण्डले राष्ट्रघाती एमसीसीको बिरोध गर्नेहरुलाई पार्टीमा सकाउने र अपराधसामू झुक्न बाध्य पार्ने योजना बनाएकोले आफू निकै गम्भीर बनेको धारणासमेत राख्नुभएको स्रोतले बतायो ।

‘यस्तो आपराधिक काममा कसरी संझौता गर्ने ? उल्टै बिरोध गर्नेहरुलाई तत्कालका लागि अनेकन आश्वासन दिएर पार्टीमा थामथुम पार्ने र केही समयपछि समाप्त नैपारिदिने योजना बनाएको कुरा मैले थाह पाइसकेको छु,’ बिप्लवसँग श्रेष्ठको भनाई उधृत गर्दै स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...