माओवादी छाडने तयारीमा लीलामणि पोखरेल



हाम्रो इकोनोमि

 

 

अमेरिकी सहयोग परियोजना एमसीसीले माओवादी केन्द्रका एक केन्द्रीय नेताको घरमा झगडाको बीउ बनेको छ ।जसले गर्दा श्रीमान् श्रीमती नै आ–आफ्नो बाटोमा लाग्नुपर्ने हो कि भन्ने अवस्था आएको छ ।

एमसीसीले बुढाबुढीबीच नै बेमेल ल्याएपछि अहिले लीलामणि पोखरेल र शशी श्रेष्ठ कसरी फेस सेभिङ गर्ने भन्ने छलफलमा जुट्नु भएको छ । पोखरेल र श्रेष्ठ दुवै एकता केन्द्रबाट माओवादीमा आउनुभएको हो । दुवै पार्टीको वरिष्ठ नेता हुनुहुन्छ। पोखरेल केन्द्रीय कमिटीमा हुनुहुन्छ भने श्रेष्ठ अहिले सरकारमा हुनुहुन्छ । उहाँ भूमि व्यवस्था तथा सहकारी मन्त्री हुनुहुन्छ । पोखरेल एमसीसीको कट्टर विरोधी हुनुहुन्छ भने श्रेष्ठ मन्त्री भएकाले कतै खुल्नुभएन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी जसरी पनि पारित गर्नुपर्ने अडान राखेको र त्यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि साथ दिएकाले शशी श्रेष्ठ पनि सरकारकै पक्षमा उभिनुभएको थियो ।

तर, पोखरेल भने एमसीसी पास भएमा पार्टी नै छाड्ने धम्की दिनुभएको थियो। तर, माओवादी केन्द्रको सहयोगमै एमसीसी संसदबाट अनुमोदन भयो । माओवादीका सात सांसदले पार्टीको निर्णयमा विद्रोह गरेपछि अहिले प्रचण्ड तनावमा देखिनुभएको छ । नारायणकाजीसँगसँगै लीलामणि पोखरेल पनि पार्टीबाट बाहिरिने हुन् कि भन्ने तनावमा खुमलटार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...