एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो : भीम रावल



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय होहल्लाका बीच संसदमा पेश गर्नु देशप्रतिको गद्दारी भएको बताए ।

‘यत्रो राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय यस्तो होहल्लाका बीच पेश गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो र नेपाल राष्ट्रको अपमान हो । यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती बनेर दर्ज हुनेछ’ उनले भने ।

नेता रावलले एमसीसीमा समर्थन गर्नेहरु गद्दारको रुपमा इतिहासमा अंकित हुने टिप्पणी गरे । एमसीसी राष्ट्रिय हित र स्वाधीनताको विरुद्ध रहेको भन्दै नेता रावलले व्याख्यात्मक टिप्पणीबाट राष्ट्रविरोधी प्रावधान सच्याउँछु भन्नु धोका भएको बताए । ‘संकल्प प्रस्ताव र व्याख्यात्मक टिप्पणीबाट राष्ट्रघाती प्रावधान सच्याउनु कुरा गर्नु जनतालाई ठग्नुमात्र हो । यस्तो कुरा महाकाली सन्धीका बेलामा निरर्थक संकल्प प्रस्ताव जस्तै हो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...