एमसीसी आजै अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बैठकबाट आजै एमसीसी अनुमोदन गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । तर पर्खिने समय नभएकाले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको नेता पौडेलले बताए । नेता नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिएका थिए । अहिले एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । सत्ता गठबन्धनको बैठकअघि आज बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...