युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गर्नुपर्छ : उपमहासचिव ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्ने बताएका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेका हुन् । ‘युक्रेनमा रुसी हस्तक्षेपको कारण भएका विस्फोट, विनाश र पलायन समेटिएका मिडिया रिपोर्टबाट दुःखी छु,’ उनले लेखेका छन्, ‘प्रत्येक राष्ट्रलाई आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्ने अधिकार छ ।’

रुसी आक्रमण तत्काल बन्द गर्नुपर्ने माग गर्दै उनले लेखेका छन्, ‘राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ । रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...