कांग्रेसका विद्यार्थीलाई आन्दोलन नर्गन गृहमन्त्री खाँणको फोन



हाम्रो इकोनोमि

 

 

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरेका छन् । उनले बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरुलाई टेलिफोन गरी संयमतापूर्वक आन्दोलन गर्न आग्रह गरेका हुन् ।

एमसीसीविरुद्ध नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएको नेकपा एकीकृत समाजवादीका निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार गृहमन्त्री खाँणले आन्दोलनमा संयमित हुन र कतै पनि क्षति नपुगोस् भनेर सजग रहन भनेका थिए । आफूले एमसीसीलाई रोक्ने तर्फ सरकारले भूमिका खेलोस् भनेर भनेको पराजुलीले बताए ।

यही फागुन ५ गते भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीतर्फ धेरै घाइते भएका थिए । नयाँबानेश्वर क्षेत्रका पसल, फुटपाथ र सडकको बीच भागमा बनाइएको हरियाली क्षेत्रमा समेत क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...