धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर



हाम्रो इकोनोमि

 

 

अधिवक्ता आचार्य तुलसीराम पोख्रेलले नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । हिजो सोमबार पत्रकार सम्मेलन गरेर पोख्रेलले सनातन व्यवस्थाको बारेमा संविधान आफैमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाउँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिएका हुन् ।

उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको दाबी गरेका छन् । संविधानमा धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको उनको गुनासो छ । ‘संविधानमा निरपेक्षता र सापेक्षताको व्याख्या पनि छैन् तर मान्दै आएको सनातन संस्कृति भनिएको छ । यो भनेको वैदिक सनातन संस्कति हो ।’

आफुले वैदिक सनातन संस्कृति र निरपेक्षताको बिचमा बाझिएको छ भनेर सर्वोच्चमा रिट निवेदन दिएको र उक्त रिट आगामी फागुन १२ गतेका लागि पेशीमा चढेको पनि उनले जनाए । उनले भने, ‘यसको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुन्छ । अदालतमा संविधानको भावनाअनुरूप निवेदन हालेको छु ।’ हिन्दु वैदिक सनातन संस्कृतिलाई नै संविधानले मानेको उनले ठोकुवा गरे ।

‘नेपालका संविधानमा धर्मनिरपेक्षता लेखिएको छ र त्यसको व्याख्यामा सनातन संस्कृतिको बारेमा पनि व्याख्या गरिएको छ,’ पोख्रेलले भने, ‘नेपालको संविधानको धारा ४ को उपधारा १ अन्तर्गतको स्पष्टीकरणको खण्डमा धर्मनिरपेक्षता भन्नाले सनातन देखि चलिआएको धर्म, संस्कृति संरक्षण गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...