झलनाथ मनाउने अभियानमा माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सचिवालय बैठक स्थगित गरेर सम्मानित नेता झलनाथ खनालसँग छलफलमा जुट्नु भएको छ ।

दिउँसो एक बजे बोलाइएको बैठक भोलि बस्ने गरी स्थगित गरी अध्यक्ष नेपाल खनालसँग छलफलमा जुटनुभएको हो । खनालले एमसीसीमा अध्यक्ष नेपालले पार्टी निर्णयबिपरित एससीसी सदनमा टेबल गर्न सहमति दिएर जनतामाथि घात गरेको सार्वजनिक आरोप लगाउनु भएको थियो ।

नेपालबिरुद्ध कडा रुपमा प्रस्तुत भएपछि खनालसँग बार्ताका लागि आजको बैठक स्थगित भएको हो । शनिबारको स्थायी कमिटी बैठकले यथास्थितिमा एमसीसीको पक्षमा उभिन नसक्ने भन्दै थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ ।

पूर्वप्रधानमन्त्री खनालले सोमबार एमसीसी संसदमा पेश हुँदा विरोध जनाउनु भएको थियो । नेता खनालले एमसीसी पेश गर्न दिने पार्टी निर्णय नभएको प्रतिक्रिया दिनु भएको छ  तर अध्यक्ष नेपालले सहमतिमै सरकारले सोमबार एमसीसी संसदमा पेश गरेको बताउनु भएको छ ।

एमसीसीमा माधवको दोहोरो भूमिका देखिएपछि उहाँसँग खनाल आक्रोशितसमेत बन्नुभएको छ । तर अध्यक्ष नेपाल कुनै पनि बहानामा सरकार छाडने गल्ती नगर्ने आवश्यक परे एमसीसीलाई जस्ताको तस्तै पारित गर्ने योजनामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...