अर्थमन्त्री शर्मा नै संसद बैठकमा अनुपस्थित



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित भएका छन् । संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची संघीय संसद सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् ।

उनको सचिवालयका एक सदस्यले भने, ‘मन्त्रीज्यू विरामी भएकाले निवासमै रेष्ट गरिरहनु भएको छ, उहाँ संसद बैठकमा जानु भएको छैन ।’

एमसीसी पेश गर्ने विषयमा नेकपा माओवादीभित्रै तीव्र मतभेद छ । सत्ता गठबन्धनको आजको बैठकमा अध्यक्ष प्रचण्डले टेबल गर्न सहमती जनाएका छन् । त्यसलगत्तै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबल गर्ने निर्णय गरेको थियो ।

तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थित माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी टेबल गर्ने निर्णयमा लिखित असहमति जनाएका छन् ।

कार्यव्यवस्थाको बैठकपछि संघीय संसद सचिवालयले प्रकाशित गरेको बैठकको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...