माधव नेपालले जनतामाथि घात गरे : झलनाथ खनाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोप लगाउनुभएको छ ।

नेता झलनाथ खनालले पार्टीको निर्णय विपरीत आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने गठबन्धनका  शीर्ष नेताहरूको निर्णयप्रति आपत्ति जनाउँदै पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोप लगाउनुभएको हो ।

नेता खनालले संसद्मा एमसिसी टेबल गर्ने कार्य राष्ट्रघाती कदम भएको बताउनुभएको छ। एमसीसी संसद्मा टेबल गर्ने शीर्ष नेताहरूको सहमति पछि प्रतिक्रिया दिँदै खनालले भन्नुभयो  ‘कहाँ टेबल गर्छन् , उनीहरूको भान्छा घरमा? संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ?, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन।’

खनालले  यथास्थितिमा एमसिसी संसद्मा टेबल गर्न नहुने बताउँदै त्यस्तो खालको सहमतिलाई आफूले स्वीकार नगर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...