माधव नेपालले जनतामाथि घात गरे : झलनाथ खनाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोप लगाउनुभएको छ ।

नेता झलनाथ खनालले पार्टीको निर्णय विपरीत आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने गठबन्धनका  शीर्ष नेताहरूको निर्णयप्रति आपत्ति जनाउँदै पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोप लगाउनुभएको हो ।

नेता खनालले संसद्मा एमसिसी टेबल गर्ने कार्य राष्ट्रघाती कदम भएको बताउनुभएको छ। एमसीसी संसद्मा टेबल गर्ने शीर्ष नेताहरूको सहमति पछि प्रतिक्रिया दिँदै खनालले भन्नुभयो  ‘कहाँ टेबल गर्छन् , उनीहरूको भान्छा घरमा? संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ?, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन।’

खनालले  यथास्थितिमा एमसिसी संसद्मा टेबल गर्न नहुने बताउँदै त्यस्तो खालको सहमतिलाई आफूले स्वीकार नगर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...