एमसीसी अनुमोदन गर्ने पक्रियामा एमाले सहभागी हुँदैनः महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संसदमा अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश भएमा एमाले सो प्रक्रियामा सामेल नहुने बताएका छन ।

सर्लाही सदरमुकाम मलङ्गवामा  एमाले सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै महासचिव पोखरेलले एमसीसी संसदमा पेश भए पनि एमाले अनुमोदन गर्ने पक्रियामा सहभागी नहुने बताएका हुन । उनले प्रक्रियामै सामेल नुहने भएपछि एमालेले एमसीसीबारे के गर्छ भन्ने प्रश्नको अर्थ नहुने बताए ।

एमालेले कारवाहीको सिफारिस गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही गरेको सूचना प्रकाशन नगरेसम्म संसद बैठकमा सामेल नहुने निर्णयमा एमाले दृढ रहेको उनले प्रष्ट पारे । पोखरेलले एक जना न्यायाधीशमाथि मात्रै महाअभियोग लगाएर अदालत सुध्रिने अवस्था नरहेको बताए ।

अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने, निर्वाचन सार्ने र अदालतमा एमालेले दर्ता गरेका मुद्दालाई प्रभावित पार्ने षडयन्त्रकासाथ प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गरिएको महासचिव पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...