पेट्रोलियम पदार्थको मूल्य इतिहासकै सवैभन्दा उच्च



हाम्रो इकोनोमि

 

 

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आफैले नेतृत्व गर्नुभएको बाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल आयल निगमले आजबाट लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रूपैयाँ मुल्य बढाएको छ । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा मूल्य नबढाइएको निगमले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु. ५.६१ ले बढेको, डिजेल रु।५.६२ ले बढेको र हवाई इन्धन रु. ४।९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब रू। २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...