प्रदेश १ मा रित्तियो माओवादी, सबै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

मोरङको पथरीशनिश्चरे –१ का पूर्णबहादुर कार्की माओवादी केन्द्र पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । विहिबार पथरीमा एक कार्यक्रम विच कार्की एमालेमा प्रवेश गर्नुभएको हो ।

नव प्रवेशी कार्कीलाई कार्यक्रमका प्रमुख अथिति संघीय सांसद, पार्टी स्थाई कमिटीका सदस्य भानुभक्त ढकालले अविर लगाएर स्वागत गर्नुभएको थियो । कार्की माओवादी निकट अखिल नेपाल यातायात मजदुर संघ केन्द्रिय सदस्य र ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य रहुनु भएको थियो । उहाँसँगै माओवादीबाट ९ जना र नेपाली कांग्रेसबाट ३ जना लगाएत कार्कीको नेतृत्वमा ३९ जना प्रवेश गर्नुभएको छ ।

पार्टी नगर कमिटीका उपाध्यक्ष उमानाथ अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति संघीय सांसद, पार्टी स्थाई कमिटीका सदस्य भानुभक्त ढकाल, केन्द्रिय कमिटी सदस्य तथा मोरङ जिल्ला इन्चार्ज बिनोद ढकाल, केन्द्रिय कमिटीका सदस्य युवराज बाँस्कोटा, प्रदेश सदस्य रामकुमार बस्नेत, पार्टी जिल्ला कमिटीका अध्यक्ष ऋषिकेश पोख्रेल लगायत जिल्ला कमिटीका नेता उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...