एमसीसीबिरुद्ध एमालेले आजपनि संसदमा नाराबाजी गर्ने



हाम्रो इकोनोमि

 

 

 

 

नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । सरकारले बैठकमा एमसीसी टेबुल गर्ने  तयारी गरेपछि आजपनि एमालेले एमसीसीबिरुद्ध प्रतिनिधि सभामा नाराबाजी गर्ने भएका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले भने, ‘संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन । आज पनि विरोध जारी राख्छौं ।’

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न त्यसअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यव्यवस्थाको बैठक एमालेले बहिस्कार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...