माओवादी लडाकु र ज्ञानेन्द्रदेखि देउवा र ओलीसम्म प्रचण्डका ६ धोखा



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म धेरैलाई धोखा दिएका छन । जसलाई उनले क्रमभंगताको क्रान्तीको रूपमा व्यख्या गर्ने गरेका छन ।  धोखाको अर्को नाम पनि भन्ने गरेका छन । अझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै प्रचण्ड राष्ट्रिय समस्या भएको बताएका थिए ।

पत्रकार बबिता बस्नेतले फेसबुकमा छोटो टिप्पणी गर्दै प्रचण्डको ६ धोखा उल्लेख गरेकी छिन । प्रचण्डले सर्वप्रथम जनवादी ब्यवस्था ल्याउँछु भनेर माओवादी लडाकुलाई धोखा दिए । कतिसम्म भने नक्कली लडाकू खडा गरेर तीनका नाममा समेत राज्यबाट सुविधा लिएर प्रचण्डको नेतृत्वमा त्यसको दुरूपयोग भयो ।

जुन मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा अहिले पनि विचाराधिर रहेका छन । सयौँ सहिद परिवार आज पनि भोकै रहने अवस्थामा छन । तर प्रचण्डले व्यपारिक स्वार्थका बिचौलियाहरूलाई माओवादीको नाममा करोडपति बनाएका छन । यद्यपी उनले सहिद परिवार र युद्धका घाइते अपांगहरूको बारेमा चिन्ता गर्न छाड्दैनन् तर उनले उन्नती भने तीनै विचौलियाहरूको गर्दै आएका छन ।

प्रचण्डले धीरेन्द्र मार्फत वार्ता गरी राजसंस्था मान्छौं भनेर राजालाई धोखा दिए, राष्ट्रपति बनाउछु भनेर तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई धोखा दिएका थिए । त्यस्तै प्रचण्डले पार्टी अध्यक्ष बनाउँछु भनेर डा। बाबुराम भट्टराईलाई पनि धोखा दिए । प्रचण्डबाट धोखा खाएका बाबुराम माओवादी छाडेर नयाँ दलको अभियानमा लागे यद्यपी त्यहाँ असफलता मिलेपछि उनी मधेशको नाममा राजनीति गरिरहेको जसपामा पुगेका छन ।

त्यस्तै प्रचण्डले तपाईकै नेतृत्वमा पाँच बर्ष सरकार चलाउन दिन्छु भनि तीन बर्षमैं सरकार ढालेर केपी ओलीलाई धोखा दिए । उनले केपी ओलीलाईमात्र धोखा दिएनन् नेकपा एमाले पनि फुटाइदिए ।

प्रचण्डले पछिल्लो पटक एमसीसी पास गर्छु भनेर सरकारमा पुगेपछि शेर बहादुर देउवा र अमेरिकालाई धोखा दिए । समर्पणपत्र लेखेर एमसीसी पास गर्ने प्रतिवद्धता जनाएका प्रचण्ड उक्त पत्र सार्वजनिक भएपछि करिब विक्षिप्त बनेका छन । उनले चुनावका लागि पाँच दलीय गठबन्धन कायम गर्नका लागि अन्य धोखाको खोजिगरिरहेका छन । धोखामात्र हैन नागरिकका बीचमा झुट बाँड्ने नेता पनि हुन प्रचण्ड । प्रचण्डका सयौँ झुट नागरिकका बीचमा छर्लंगै रहेका छन ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...