देउवाबिरुद्ध प्रचण्ड निवासमा गोप्य षड्यन्त्र



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनु भएको बैठकमा सहभागी हुनुअद्धि गठबन्धनमा आवद्ध अन्य दुई दलका शीर्ष नेतासँग छट्टै बैठक गर्नुभएको छ । यथास्थितिमा एमसीसी पारित गर्न नहुने मत जाहेर गर्दै आउनु भएका माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादवलगायतसँग छुट्टै छलफल गर्नुभएको हो । बैठक प्रचण्डनिवास खुमलटारमा बसेको हो ।

माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निष्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्ने भएको छ । शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ । खुमलटार बैठक सकेर बालुवाटार पुगेलगत्तै सत्तागठबन्धनको बैठक सुरु भएको छ । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले एमसीसी टेबल गर्ने तयारी गरेपछि असहमत तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

छलफलमा प्रधानमन्त्री देउवालाई आफूहरुको योजनामा आउन बाध्य पार्ने र आवश्यक परे एमालेसँग सहमति गर्छाैं भन्दै धम्क्याउने रणनीति तय भएको स्रोतले बतायो । सत्तागठबन्धनको हिजोको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट पुग्नुभएको थियो । देउवाले ओलीलाई सत्तासाझेदारीको प्रस्ताव राखेको बताइए पनि ठोश कुरा बाहिर आएको छैन । पछिल्लो घटनाक्रमले एमसीसीका कारण सत्तागठबन्धन धरापमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...