यी शिक्षिका जसले आफ्नै छात्रलाई बारम्बार बलात्कार गरिन



हाम्रो इकोनोमि

 

 

तीन वर्षअघि प्रहरीले २८ वर्षकी अंग्रेजी शिक्षिका जेनिफर क्यासवेल र उनका १५ वर्षीय छात्र मिसिसिपीको एउटा होटलबाट पक्राउ गरेको थियो । विद्यार्थीसँग यौन सम्पर्क गरेको हल्ला चलेपछि उनले पक्राउ हुनु दुई महिनाअघि ओक्लाहोमको होलिस मिडिल स्कुलबाट राजीनामा दिएकी थिइन् । र, अहिले प्रमाण फेला परेको छ ।

यो जोडीले छात्रको घर, कक्षा कोठालगायत अन्य स्थानमा बारम्बार यौन सम्पर्क गरेको थियो । केटालाई भेट्न ओक्लाहोमाबाट ६५० माईल पूरा गरे मिसिसिपीसम्म पुग्दा जेनिफर पक्राउ परेकी थिइन् ।

बलात्कार, बच्चालाई प्रलोभन र जबरजस्ती यौनसम्बन्धी कसूरमा उनलाई अदालतले दोषी ठहर गर्दै १० वर्षको जेल सजाय तोकेको थियो । सो अपराधका लागि १० लाख डलर क्षतिपूर्ति दिन अदालतले थप आदेश दिएको छ ।

छात्र र उसको बुबाले जेनिफर र स्कूलबिरूद्ध दायर गरेको मुद्दाको फैसला गर्दै एक संघीय न्यायाधीशले पूर्व शिक्षकले छात्रको परिवारलाई १० लाख डलर रकम तिर्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश रबिन जे काउथ्रोननले भने, ‘एउटी शिक्षिकाले आफ्नो विश्वास र अधिकार दुरुपयोग गरी एक युवकलाई यौन उल्लंघन गरिन, जसका कारण युवकले बाँकी जीवनमा मुठभेडको भावनात्मक असर सामना गर्नेछन ।’ छात्रले उदासीनता, एक्लोपन, र घटनाहरूका लागि आत्मग्लानी अनुभूति गरेको पनि न्यायाधीशले बताएका छन् ।

बालकलाई भविष्यमा महिलाको साथीलाई स्वीकार गर्न र महिला अधिकारीहरूलाई विश्वास गर्न समस्या हुने मानसिक स्वास्थ्य व्यावसायीले अनुमान गरेको पनि फैसालमा उल्लेख छ । यसैबीच, जेनिफरसँग रकम नभएकोले पीडितका परिबारले पैसा नलिन सक्ने छात्रका वकिल बब वायटले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...