एमसीसीको पक्षमा मतदान गर्न सांसदलाई देउवाको उर्दी



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे संसदले नै फैसला गर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमको बीच बाल्दै देउवाले एमसीसी पास गर्ने पक्षमा आफू रहेको तर संसदले पास या फेल जे गरेपनि सो कुरा स्वीकार गर्ने बताएका छन्।

कार्यक्रममा उनले एमसीसी पास गर्ने पक्षमा रहन पार्टी पङ्तिहरुलाई निर्देशनसमेत दिएका थिए । उनले भने, ‘एमसीसी संसदमा पास र फेल के हुन्छ थाहा छैन । यद्यपि नेपली काँग्रेस भने जसरी भएपनि पास गर्ने पक्षमा रहेको छ । एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर अगाडी जानुपर्छ।’

एमसीसी पारित गर्ने या नगर्ने भन्नेमा सत्ता गठबन्धनमै सहमति जुट्न सकिरहेको छैन । जसका कारण सत्ता गठबन्धननै खतरामा रहेको छ । बुधबारको संसद बैठकमा एमसीसी टेबुल हुने भनिएतापनि नेकपा माओवादी केन्द्रको कारण हुन सकेन । अर्को बैठकमार्फत एमसीसी टेबुल गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...