संसद् भवनको गेटमै पुगे प्रदर्शनकारी



हाम्रो इकोनोमि

 

 

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विभिन्न राजनीतिक दलको आह्वानमा संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ । नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेस्ट  होटल अगाडि ठूलो संख्यामा जम्मा भएका प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र घोषणा गरेकाले प्रहरीले त्यसभन्दा अगाडि आउन दिएको छैन ।.

तर निजामती कर्मचारी अस्पताल नजिकैबाट प्रदर्शनकारीहरु संघीय संसद भवनको दक्षिण गेटसम्म पुगेर प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसी खारेज गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारी संघीय संसदको गेटमै पुगेपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट लखेट्न पानीको फोहरा हानेको छ ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...