नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीलाई पानीको फोहोरा



हाम्रो इकोनोमि

 

 

काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको छ । अहिले बानेश्वर क्षेत्रमा तनावको स्थिति छ । झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत दलका कार्यकर्ताहरु बिहानैदेखि बानेश्वर क्षेत्रमा भेला भएर एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समूह पनि एमसीसीको विरोधमा मिसिएको छ । विरोध प्रदर्शनका कारण माइतीघर–तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको भेटवार्तामा आजको संसद बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । भोलि दिउँसो सत्ता गठबन्धनका नेताहरुको बैठक बसेर एमसीसीबारे निर्णय गर्ने बताइएको छ । सभामुख अग्नि सापकोटाले पनि दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...