सरकारबाट बाहिरिने माओवादीको निर्णय



हाम्रो इकोनोमि

 

 

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको छ।बुधबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले संशोधनबिना एमसिसी पारित गर्न नसकिने निष्कर्ष निकाल्दै जबरजस्ती पारित गर्न खोजे सरकार छोड्ने निर्णय गरेको सांसद दुर्गाकुमारी बिकले जानकारी दिइन्।  बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले गठबन्धनको सहमतिबिना सरकारले एमसिसी टेबल गरे गठबन्धन भत्किने बताए। ‘यो पाँच दलीय गठबन्धनको सरकार हो। गठबन्धनको सहमतिबिना कांग्रेसले टेबल गरे गठबन्धन भत्किन्छ,’ गुरूङले भने,‘गठबन्धन भत्किएपछि हामी सरकारमा बस्दैनौं।’ यसअघि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार राति आफ्नो निवास खुमलटारमा पार्टीका नेताहरूसँग छलफल गरेका थिए।

लफलमा केही नेताहरूले अहिले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले पनि एमसिसीको विरोध गरिरहेकाले अहिले एमसिसी पारित नगर्ने बरू एमालेसँग कुरा गर्नुपर्ने सुझाव दिएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकमा प्रचण्डले एमसिसी टेबल गर्न दिने तर आफूहरू अनुपस्थित हुने भनी गरेको सहमतिको पनि केही नेताहरूले विरोध गरेका थिए। पार्टी महाधिवेशनले नै संशोधनबिना एमसिसी पारित गर्न नहुने निर्णय गरेकाले अहिले बिना संशोधन एमसिसी पारित गर्नु महाधिवेशनको निर्णयविपरीत हुने बताएका थिए।

नेताहरूले फरक-फरक कुरा गरेपछि माओवादी केन्द्रले एमसिसीबारे निर्णय गर्न सकेको छैन। आजको संसद बैठकमा एमसिसी टेबल गर्ने प्रबल सम्भावना छ। त्यही भएर माओवादी केन्द्रका जनवर्गीय संगठनले आज सडकमा प्रदर्शन गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...