काँग्रेसका चर्चित नेता साउँद एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेस बाजुराका नेता खडक बहादुर साउँदले पार्टी परित्याग गनुभएको छ । २०५६ सालदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा आवद्ध साउँदले काँग्रेस परित्याग गरि नेकपा एमाले प्रवेश गर्नुभएको हो । नव प्रवेशी साउँदलाई नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा र पार्टी जिल्ला सचिव भरत थापाले स्वागत गर्नुभएको छ ।

२०४८ सालमा अनेरास्ववियुको राजनीति रोजेका साउँद बीचमा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुनुभएको थियो । नेपाली काँग्रेस जिल्ला कार्य समितिको सदस्य समेत भएर काम गरेका साउँद सामाजिक विकासको आन्दोलन र गैर सरकारी संस्थासँगको सहकार्यमा समाज सेवामा सक्रिय हुनुहुन्थ्यो । २०५२ सालमा अनेरास्ववियुको जिल्ला उपाध्यक्ष समेत बनेका साउँदले राजनीतिक परिस्थितिले काँग्रेस रोज्न बाध्य हुनुभएको थियो ।

२०५६ सालदेखि हालसम्म काँग्रेस राजनीतिमा सक्रिय रहेपनि मुक्ती र परिर्वतन, देश र जनताको हित काँग्रेसबाट सम्भव नदेखेपछि आफू एमालेमा फर्किएको बताउनुभयो । उहाले एमाले बाजुराको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा साउँदले बाँकी जीवन एमालेको कार्यकर्ता भएर नै राजनीतिमा सक्रिय रहने बताउनुभयो । साउँदले गृह वडा त्रिवेणी नगरपालिका ९ पन्ताली सहीत साविक कैलाशमाडौं गाविसमा राम्रो प्रभाव रहेको छ ।

साउँदलाई पार्टीले योग्यता, क्षमता र विगतको संघर्षलाई मूल्याकंन गरेर उचित स्थान दिने बाजुरा जिल्ला इन्चार्ज समेत रहेका नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले बताउनुभयो । वैचारिक र सैद्धान्तिक विचारले कम्यूनिष्ट भएपनि बीचमा परिस्थतिले काँग्रेस रोज्न पुगेपछि पुनः पुरानै घरमा आएर काम गर्ने र जनताको सेवा गर्ने बाचा गरेका साउँद सहीतका समर्थकलाई पार्टीले उचित न्याय र संरक्षण गर्ने केन्द्रीय सदस्य थापाले बताउनुभयो ।

थापाले पुरानालाई घर फर्किन र नयाँलाई पार्टी प्रवेश गराउने गरी अभियान नै सञ्चालन गर्ने बताउनुभयो । पार्टी सचिव भरत थापाले माक्सवादी घरमा खगेन्द्र साउँदलाई सदा स्वागत र संरक्षण रहने बताउनुभयो ।जबजको मार्गमा हिँड्ने संकल्प गरेका साउँद सहीत एमाले हुन इच्छुक सबैलाई पार्टीले समान रुपमा संरक्षण र न्याय गर्ने सचिव थापाको जोड छ ।

पार्टी नेता काशी विकले सञ्चालन गरेको पार्टी प्रवेश कार्यक्रममा उपसचिव जनक कुमार बोहरा, अमर खड्का, विष्णु अयडी, बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापा, बडिमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाध्याय, त्रिवेणी नगर कमिटी अध्यक्ष कविराज बुढा सहभागि हुनुभएको थियो । २०४८ सालमा अनेरास्ववियुको राजनीति रोजेका साउँद बीचमा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...