महाअभियोगले ‘ब्याक फायर’ गर्नेछ : विष्णु रिजाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावले ‘ब्याकफायर’ गर्ने बताएका छन् ।

प्रतिनिधिसभाले पारित नै गर्न नसक्नेगरी ल्याइएको उक्त प्रस्ताव तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीकोझैं हुने उनको टिप्पणी छ । ‘प्रधानन्यायाधीशका विरुद्धको पारित नहुने महाभियोग प्रस्ताव अन्ततः सत्ता गठबन्धनलाई नै निल्नु न ओकल्नुबाहेक केही पनि हुन्न,’ उनले भनेका छन्, ‘जसरी २०७४ मा चुनावको मुखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग शेरबहादुर देउवा र उहॉको पार्टीलाई महंगो सावित भएको थियो, ढुक्क भए हुन्छ– यस पटक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोगले पनि त्यसैगरी ‘ब्याक फायर’ गर्ने छ ।’

यसअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा अविश्वास प्रस्ताव भएको थियो । तर, पछि अदालतमै मुद्दा परेका कारण उनीविरुद्धको त्यस्तो प्रस्ताव खारेज भएको थियो । उनीविरुद्धको प्रस्ताव खारेज भएर सर्वोच्च अदालत फर्किएकी कार्कीले अवकाशपछि प्राप्त हुने पेन्सनपट्टालगायत सुविधाहरूको कागजात तयार गर्न पाएकी थिइन् ।

कार्कीविरुद्ध अनिवार्य अवकाश पाउनु एक महिना पनि बाँकी नहुँदा महाभियोग प्रस्ताव दर्ता भएको थियो । नेपाल प्रहरीको आईजीपी बनाउने सरकारको निर्णयलाई चुनौती दिएपछि तत्कालीन प्रधानन्याधीश कार्कीविरुद्ध सत्तारुढ दुई दल काँग्रेस र माओवादीका सांसदले नै महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । त्यतिबेला दुई वटा दलका २५१ जना सांसदले हस्ताक्षर गरी महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । जब की अहिले ९८ जना सांसदको मात्रै हस्ताक्षर गरेका छन् । राणाविरूद्धको महाभियोग संसद्को दुवै सदनको दुई तिहाइ बहुमतले पारित गर्नुपर्छ ।

२०६२/०६३ सालको परिवर्तनपछि बनेको विद्यमान संविधान बमोजिम अहिलेसम्म कोही पनि व्यक्तिलाई महाअभियोग लगाएर पदमुक्त गरेको इतिहास छैन । यसैबीच प्रचार उपप्रमुख रिजालले जबराविरुद्ध सत्तारुढ दलका सांसदहरूले दर्ता गराएको महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले साथ नदिने पनि स्पष्ट पारेका छन् ।

जबराविरुद्धको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको टिप्पणी गर्दै एमालेले महाअभियोग प्रस्तावमा साथ नदिने उनको भनाइ छ । ‘प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ,’ उनले भने, ‘यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ । स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ । प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ ।’

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...