फागुन ४ मा एमसीसी पास गर्ने देउवाको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गर्न सहमत भएका छन् । स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटा पनि सहमत भएकाले सम्भवतः बुधबार ४ फागुनको बैठकमा एमसीसी टेबल हुनेछ । सोमबारलाई तय भएको प्रतिनिधि सभाको बैठक दुई दिन पछि सारेर फागुन ४ गते बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गर्न निरन्तर पहल गर्दै आएका थिए । तर सत्तारुढ माओवादी र एकीकृत समाजवादी सहमत भएका थिएनन् । सभामुख सापकोटाले पनि राष्ट्रिय वा सत्तारुढ गठबन्धनमा सहमति नभएसम्म एमसीसी टेबल नगर्ने अडान राख्दै आएका थिए ।

तर अमेरिकाले एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनका लागि २८ फेब्रुअरी अर्थात १६ फागुनसम्म समय दिएको छ । बिहीबार मात्र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर २८ फेब्रअरीसम्म एमसीसीबारे निर्णय दिन आग्रह मात्र गरेनन्, एमसीसी फिर्ता भए चिनियाँ हस्तक्षेपका कारण आफ्नो अनुदान सहयोग लिएन भनेर बुझ्ने चेतावनी दिए ।

यसले चर्को दबावमा परेका नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी संसदमा टेबल गर्न सहमति मागेका थिए । प्रधानमन्त्री देउवाले भनेका थिए, ‘बरु तपाईंहरु त्यो दिन उपस्थित नभइदिनुस्, उपस्थित भए के गर्ने आफैं निर्णय लिनुस् । तर संसदमा टेबुल गर्नुपर्यो ।’

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट स्रोतले एमसीसीबारे कुनै सहमति नभएको बताएको थियो । तर कांग्रेस निकट स्रोतले भने एमसीसी टेबलका लागि प्रचण्ड र माधव नेपालसँगै सभामुख पनि सहमत भएको दाबी गरेको छ । स्रोतले भन्यो, पास गर्ने बेला प्रचण्ड, माधव नेपालहरु अनुपस्थित हुने वा के गर्ने भन्ने छलफलमै छ । तर एमसीसी टेबल गर्न दिन उहाँहरु तयार हुनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...