प्रधानन्यायाधीशमाथिको महाअभियोग न्यायालय कब्जा गर्ने प्रपञ्च : विष्णु रिजाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशमाथिको महाअभियोग न्यायालय कब्जा गर्ने प्रपञ्च भएको बताएका छन् ।

प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै रिजालले महाअभियोगले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको समेत उल्लेख गरेका छन ।

उनले सरकारले न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने धृष्टता प्रकट भएको बताए । यसले स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको रिजालको भनाइ छ ।

सरकारले आफैँ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुले प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको पनि रिजालको टिप्पणी रहेको छ । सरकारले सुरु गरेको महाअभियोगको सिलसिलाको असर तुरुन्तै देखा पर्ने रिजालले बताएका छन् ।

यस्तो छ रिजालको स्टाटसः

प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ ।
यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ । स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ ।
प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ ।
सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...