आफुले खनेको खाल्डोमा आफै परे प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमसीसी पारित गर्न चुनौती दिएका छन् । प्रचण्ड अहिले आफुले खनेको खाल्डोमा आफै परेका छन् ।

एमसीसीबारे ओलीको साथ खोज्दै हिजो बिहीबार साँझ ओलीलाई टेलिफोन गरेका प्रचण्डलाई ओलीले सोधेका छन्, ‘मलाई (ओली) हटाएपछि एमसीसी पारित गर्छौं भनेर बचन दिएको होइन ? सत्ता गठबन्धनसँग १६५ सीट छ पारित गर्नुहोस्, एमालेलाई सोधिरहन पर्दैन ।’

सम्वादका क्रममा ओलीले प्रचण्डलाई भनेका छन्, ‘तपाईंहरू (सत्तागठबन्धन)ले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ४–५ महिनामा पारित गर्छौं भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस्, एमाले त निर्णय गरिहाल्छ ।’

पछिल्लो समय एमसीसी पारित गर्न अमेरिकाले दबाब बढाइरहेको छ । हिजोमात्रै सत्ता गठबन्धनका नेताहरू तथा प्रतिपक्षी दलका नेताहरूलाई समेत अमेरिकी मन्त्रीले टेलिफोन गरी यो परियोजना चाँडो पारित गर्न दबाब दिएका छन् । त्यतिमात्र होइन, ती मन्त्रीले एमसीसी पारित नगरिए वा फिर्ता गरिए अमेरिकाले नेपालप्रतिको धारणा परिवर्तन गर्नेसम्मको तेतावनी दिएका छन् ।

दबाब र चेतावनीका बीचमा रहेका नेपालका वर्तमान सत्तागठबन्धन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको साथको खोजीमा छ । राष्ट्रहितको पक्षमा हुने हरेक महत्वपूर्ण निर्णयहरूमा प्रमुख भूमिकामा रहँदै आएका ओलीविना सत्ता गठबन्धन अगाडि बढ्नै नसक्ने अवस्थामा समेत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...